म्यानचेस्टर युनाइटेडले माउन्टलाई अनुबन्ध गर्ने

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले मेसन माउन्टलाई चेल्सीबाट अनुबन्ध गर्ने सहमति गरेको छ । बेलायती सञ्चारमाध्यमका अनुसार युनाइटेडले ५ वर्षका लागि इंग्ल्याण्डका मिडफिल्डरलाई अनुबन्ध गर्नेछ । यसका लागि क्लबले ५.५ करोड करोड पाउन्ड र थप ५० लाख पाउन्ड एडअनका रुपमा तिर्नेछ ।
२४ वर्षीय खेलाडी यो सिजन एरिक टेन हागको पहिलो अनुबन्ध हुनेछन् । आगामी सिजनको च्याम्पियन्स लिगमा टोली छनोट भएसँगै उनी आफ्नो टोलीलाई थप सशक्त बनाउने प्रयासमा छन् । उता गत सिजन ६० करोड खर्चेको चेल्सीले फाइनान्सियल फेयर प्लेका लागि ३० जुनभन्दा अघि खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यतामा रहेको छ । यसअघि चेल्सीले युनाइटेडले राखेको तीनवटा अफरहरु अस्वीकार गरेको थियो ।
माउन्ट ६ वर्षको उमेरमा चेल्सीसँग आबद्ध भएका थिए । सन् २०१९ मा सिनियर डेब्यू गरेसँगै उनले क्लबका लागि १९५ खेलमा ३३ गोल गरेका छन् । माउन्टले सन् २०२१ मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने क्लबसँग उनले फिफा क्लब विश्वकप र यूईएफए सुपरकप पनि जितेका छन् । उनले राष्ट्रिय टोलीका लागि ३६ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
-
एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो
-
‘झिल्को’ सबैको प्रिय मोबाइलमाथिको प्रश्न हो : यादव भट्टराई
-
वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो
-
पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई भारतीय फ्यानले पानीको बोतल पठाएपछि...