बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गेटा विश्वविद्यालयको गेटैमा धान रोपाइँ

शुक्रबार, १५ असार २०८०, ०८ : २७
शुक्रबार, १५ असार २०८०

धनगढी । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सङ्घर्षरत स्थानीयहरूले विश्वविद्यालयको गेटैमा धान रोपाइ गरेका छन् ।राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ गरेका हुन् ।

तत्काल चालु संसदको अधिवेशनबाटै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरी ६ सय शय्याको अस्पताल सञ्चालन गर्न दबाब दिन साङ्केतिक विरोध स्वरूप रोपाइँ गरेको सङ्घर्ष समितिका प्रवक्ता गणेश शाहले बताए ।

सङ्घर्ष समितिले विश्वविद्यालय सञ्चालनको माग्दै गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप