आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

डेढ लाख बढी बिरुवा रोपण गरी मनाइयो वृक्षरोपण दिवस

बिहीबार, १४ असार २०८०, २२ : ४१
बिहीबार, १४ असार २०८०

काठमाडौँ ।  नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले ‘सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ छैटौँ राष्ट्रिय वृक्षरोपण दिवस देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा आज देशभर विभिन्न प्रजातिका करिब एक लाख ५७ हजार पाँच सय ८० बिरुवा (हालसम्म प्राप्त तथ्याङ्कअनुसार) रोपण गरिएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । 

विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीले दिवस सफल पार्न अहोरात्र खट्नु हुने स्थानीय समुदाय, स्थानीय तह, प्रदेश सरकार, सबै वन उपभोक्ता समुह, नागरिक समाज, गैरसरकारी संस्था, निजी क्षेत्र, सुरक्षा निकायलगायत सबैमा आभार व्यक्त गरे ।

सरकारले आगामी आर्थिक वर्षमा तीन करोड बिरुवा उत्पादन गरी कृषि वन, निजी वन, सार्वजनिक जग्गा, नदी उकास जग्गामा रोपण गर्ने जनाएको छ । वृक्षरोपण, बिरुवा उत्पादनजस्ता कार्यक्रम सङ्घ प्रदेश र स्थानीय तह तथा उपभोक्तालगायत सरोकारवालासहितको सहभागितामा कार्यान्वयनमा ल्याइने सरकारको योजना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप