कोशी प्रदेशसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित
![कोशी प्रदेशसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित](https://npcdn.ratopati.com/media/news/koshi-pradesh-sava_1ylvFI55A9.jpg)
विराटनगर । कोशी प्रदेशसभाको ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ । सभामुख बाबुराम गौतमले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
साढे ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक निर्धारित समयमा मुख्यमन्त्री तथा मन्त्रीहर नआएपछि राती ८ बजे बोलाइएको थियो । ८ बजेको बैठकमा पनि साढे ९ बजेसम्म मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका थिए । विपक्षी गठबन्धन दलहरुले आजै बैठक राख्नुपर्ने अडान राखेका थिए ।
विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत मुख्यमन्त्रीले पत्र पठाएका थिए । मुख्यमन्त्री कार्की यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै प्रदेशसभाबाट बाहिरिएका थिए । विश्वासको मतको प्रस्ताव उपर आजै मत विभाजन गर्ने सभामुख र विपक्षी दलको तयारीलाई मुख्यमन्त्री कार्कीले एकदिन पर धकेलिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै