जिम्बाबेसँग १४ रनले हार्यो ओमन

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स चरणको पहिलो खेलमा बलियो जिम्बाबेले ओमनलाई १४ रनले हराएको छ । ओमनले अन्तिम समयसम्म जिम्बाबेलाई गतिलो चुनौति दिएको थियो ।
टस हारी पहिलो ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३२ रन बनाएको थियो । जिम्बाबेका लागि तेस्रो नम्बरका ब्याट्सम्यान सिन विलियम्सले सतकीय पाली खेलको थिए । उनले एक सय ४२ रन बनाए ।
विलियम्सले एक सय तीन बलको सामना गरी तीन छक्का र १४ चौका हिर्काएका थिए । लुक जोङ्वेले टोलीको खातामा अविजित ४३ रन थपे । सिकन्दर राजाले ४२ रन बनाए । कप्तान क्रेग एर्भिनले २५ रन जोडेका थिए । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले उत्कृष्ट ब्याटिङ गरे पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय १८ रनमात्र बनाउन सक्यो ।
ओमनका लागि ओपनर ब्याट्सम्यान काश्यप प्रजापतीले एक सय तीन रनको योगदान गरे । उनले केवल ९७ बलमा एक छक्का र १२ चौका प्रहार गरे । अयान खानले ४७ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान अकिब ईलियस ४५ रनमा आउट भए ।
कप्तान जिसन मक्सुद ३७ रन जोडे । मोहम्मद नदिमले अविजित ३० रनको योगदान गरे । ओमनले अतिरिक्त रुपमा २० रन पायो । जिम्बाबेका बलर तेन्डाई ताटरा र ब्लेसिङ मुजारबानीले तीन—तीन विकेट लिए । रिचर्डले पनि दुई विकेट हात पारे ।
सिकन्दर राजाले एक विकेट लिए । विश्वकप छनोटमा शुक्रबार सुपर सिक्स चरणमा नेदरल्यान्ड्स र श्रीलंकाबीच खेल हुनेछ । शुक्रबार नै प्लेअफ चरणको पहिलो खेलमा अमेरिका र आयरल्यान्ड भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ पनि यूरोपको जिम्मामा
-
स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यक : मन्त्री पौडेल
-
पाथीभरा केबलकार विवाद : प्रदर्शनकारीले अस्वीकार गरेपछि वार्ता टोली नै अलमलमा
-
‘गसिप गर्ल’ मिशेल ट्राचटेनबर्गको निधन
-
१३३ किलोमिटर पैदलयात्रा हुने मिथिला मध्यमा परिक्रमा शुरु
-
मेस्सी भन्छन्– ‘जोन लापोर्टा अध्यक्ष रहेसम्म म बार्सिलोना फर्कन्न’