प्रदेश
प्रदेशसभाको बैठक भोलि बिहान राख्न सभामुखलाई मुख्यमन्त्रीले पठाए पत्र
बिहीबार, १४ असार २०८०, १९ : ३०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् ।
विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत पत्र पठाएको सभामुख गौतमले बताए ।
संसदमा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री हिँडेका थिए । मुख्यमन्त्री नआएपछि अधा घण्टाका लागि स्थगित गरेको बैठक सुरु हुन सकेको छैन । उनले यसअघि सभामुखलाई फोन गरेर थप एक घण्टाको समय मागेका थिए ।
मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू मुख्यमन्त्री कार्यालयमा छलफल गरिरहेको बताइएको छ । एमाले संसदीय दलको पत्र आएपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको सभामुख गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्