फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ : किसान श्रेष्ठ
बिहीबार, १४ असार २०८०, १९ : २०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् ।
बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट व्यवहारिक नभएको बताएका हुन् ।
उनले भने, 'फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ । यो व्यवहारिक छैन । श्रमिक ३ लाख तिरेर आउन बाध्य छन् ।'
नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गरेर कानुनमा एक महिनाको सेवा शुल्क लिने व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेको मन्त्रीले यस विषयमा ध्यान दिनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड