उद्धार र सहयोगको नाममा सेल्फी खिच्ने काम नगर्न सरकारको आग्रह
काठमाडौँ । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गर्नुका साथै विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।
बिहीबारबाट सुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताएका हुन् । भट्टराईले भने, ‘विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ज गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ ।’
गृहसचिव भट्टराईले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको जिकिर गरे ।
उनले भने, ‘गृह मन्त्रालय तीन वटा विपद्का मुख्य चरणहरू, विपद् पूर्वको पूर्वतयारीको चरण, गृह मन्त्रालय त्यसमा धेरै सहभागी नभए पनि काम मन्त्रालयको निर्देशनमा नै रहेर भइरहेको हुन्छ । तर हामी सम्बन्धित साझेदार निकायसँग, सम्बन्धित मन्त्रालयसँग र अरू हिसाबले जनचेतना निर्माण गर्ने निकाय यसमा संलग्न हुन्छन् । विपद्को तत्कालीन राहत, उद्धार बाहेकको पछिको दीर्घकालीन पुनर्निर्माण, पुनः एकीकरणको विषयमा पनि गृह मन्त्रालयले भूमिका निभाइरहेको हुन्छ । मन्त्रालय र मन्त्रालय मातहतका निकायसँग मन्त्रालयले कार्ययोजना बनाएर विपद् जोखिम न्यूनीकरण तथा पुनः निर्माण प्राधिकरणबाट ७७ वटै जिल्लाका स्थानीय प्रशासन र अरू निकाय योसँग सरोकार राख्ने गैरसरकारी निकायहरूको सहयोगमा हामीले उपलब्धि हासिल गरिरहेका छौँ । यो साझा प्रयत्नबाट भएको हो । हामीले अझै यसमा सुधार गर्नुपर्छ, अनुसन्धानमा हामीले थप अनुसन्धानको आवश्यकता पर्छ । विपद् रोकथामका कार्यमा राज्य मात्रैको संलग्नताले पुग्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?
-
आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै