इद पर्वले आपसमा मित्रता, भ्रातृत्व र एकता बढाउँछ : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बकर इद पर्वले इस्लाम समुदायमा आपसमा मित्रता, भ्रातृत्व र एकता बढाएको बताएका छन् ।
आज इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) को अवसरमा शुभकामना दिँदै उनले सम्पूर्ण नेपाली इस्लाम समुदायका दाजुभाइहरू तथा दिदीबहिनीहरूमा राष्ट्रिय एकता, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ-' बकर इद पर्वलाई इस्लाम समुदायमा सामूहिक रूपमा भेला भई प्रार्थना गर्दै मेलमिलापका साथ खुसी साट्दै हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले इस्लाम समुदायमा आपसमा मित्रता, भ्रातृत्व र एकता बढाउँछ । वास्तवमा यो पर्वले पनि विविधतामा आधारित नेपाली मात्रको राष्ट्रिय एकता, आस्थागत सहिष्णुतालाई प्रवर्धन गर्न ठुलो मदत गर्दछ ।'
नेता खनालले शुभकामना सन्देशमा राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको बाटोमा दृढता पूर्वक अघि बढ्न पनि आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने