बेथानचोक अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ । बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहबीच बेथानचोकलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको हो ।
यससँगै बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने काभ्रेको पहिलो स्थानीय तह भएको छ । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले प्रदेशसभा सदस्य बादेसमक्ष अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्न प्रस्ताव पेश गरेका थिए।
बेथानचोकका ६ वटा वडाका ५ बालक र २ बालिका विद्यालय बाहिर भेटिएकाले उनीहरुलाई समेत भर्ना गरि गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्ने पालिका घोषणा गरिएको अध्यक्ष अधिकारीले पेश गरेको प्रस्तावमा उल्लेख छ ।
बेथानचोकका ६ वटै वडा कार्यालयमार्फत ४ हजार १ सय ७७ घरधुरीमा बालबालिकाहरुको विवरण संकलन गरिएको थियो । प्रचलित कानुनअनुसार ४ वर्ष पुरा भई १३ वर्ष उमेर पुरा नभएका बालबालिका विद्यालयमा नै रहेकाले पालिकाको शिक्षा समितिको गत असार १२ गतेको निर्णयानुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको हो ।
घोषणासभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य बादेले शिक्षामा गरिएको लगानीको प्रतिफल भविष्यमा देखिने बताए । उनले शिक्षाको लगानी खोज्न कम्तिमा आधा दशक पर्खिनुपर्ने उनको भनाई छ । शिक्षाको गुणस्तरका विषयमा शिक्षकहरु पनि गम्भीर भएर नतिजा निकाल्ने गरि लाग्न उनले आग्रह गरे । सक्षम जनशक्ति उत्पादनमा सामुदायिक विद्यालय अग्रभागमा रहेको उनले बताए ।
अनिवार्य शिक्षालाई संविधानको मौलिक हकले व्यवस्था गरेकोले अभिभावकले समय समयमा विद्यालय पुगेर बालबालिकाको प्रगति विवरण लिन पर्नेमा उनले जोड दिए । उनले शिक्षामा दीर्घकालिन लक्ष्य लिएर एक घर एक ग्राज्युयट, एक घर एक प्राविधिकको अवधारणा लिएर स्थानीय तहले शिक्षामा लगानी गर्नुपर्ने बताए ।
सभालाई सम्बोधन गर्दै पालिकाका अध्यक्ष अधिकारीले संविधानमा शिक्षालाई मौलिक हकको रुपमा राखिएका र सबै बालबालिकाको पहुँच पुर्याउन पालिकालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको बताए । उनले पालिकाको सबै विद्यालयले शुक्रबारलाई झोला रहित कक्षाका रुपमा सञ्चालन गरी उक्त दिन विद्यार्थीहरुका बहुआयामिक प्रतिभा प्रष्फुटनका गतिविधि सञ्चालन गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह
-
‘कमेडी दरबार’ छोड्दै नम्रता
-
दिल्ली विधानसभा चुनावमा हार स्विकार्दै केजरीवालले भने– जनताको निर्णय हामीलाई स्वीकार्य छ