बेकामे बन्यो मनाङको हुम्डे बिमानस्थल
बेसीशहर– हिमालपारीको जिल्ला मनाङमा रहेको एक मात्रै हुम्डे विमानस्थलमा कुनैपनि विमानले उडान भर्न नसक्दा बेकामे बनेको छ । झण्डै १७ करोडको लगानीमा पुनः निर्माण भएको सो बिमानस्थलमा चार बर्षदेखि कुनैपनि बिमान उडान र अबतरण नहुँदा बेकामे बनेको हो ।
सरकारले दुर्गम पहाडी जिल्लाहरुमा एक जिल्ला एक हवाई मैदान निर्माण गर्ने भनेपनि व्यवहारत कार्यान्वयन भएको छैन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले बिमानास्थलको योजना राखेपनि निर्माण सम्पन्न भएको एयरपोर्ट समेत सञ्चालन हुन नसक्दा मनाङबासीहरु आक्रोशित हुंदै आएका छन् ।
करोडौँ रुपैया खर्चेर चार वर्षअघि नै स्तरोन्ती र कालोपत्रे गरि बाह्रै महिना जहाज अवतरण गर्ने सकिने हुम्डे विमानस्थलमा पछिल्ला वर्षमा सरोकारवालाबाटै विमानसथल सञ्चालनमा पहल नगरेको मनाङका पूर्ब जिविस सभापति फुञ्जो गुरुङले बताए । उनले हवाई कम्पनीहरुले दुईतर्फी यात्रु नपाएको भन्दै हुम्डे विमानस्थमा उडान भर्न नमानेपछि समस्या भएको पनि बताए । ‘सडक सञ्जालले जोडिएको भन्दै कतिपय वायु सेवा प्रदायक कम्पनीले उडान नभरेकाले आवतजावतमा स्थानीयले सास्ती भोग्नुपरेको छ ’ उनले भने ।
यसैवीच माथिल्लो मनाङबासीले बिमानस्थल सञ्चालनका लागी दबाब दिन थालेका छन् । हालै उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै बिमानस्थललाई चाँडै सुचारु गरिदिन आग्रह गरेको मनाङका प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए । उनले बिमानस्थल सूचारु गरिदिन पुर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङ मार्फत आग्रह गरेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म