प्रधानमन्त्रीको प्रतिबद्धतापछि बजेट सहजै पारित भयो : सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरूको प्रत्यक्ष भूमिका रहने प्रतिबद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिबद्धताका कारण बजेट सहजै पारित भएको बताएका हुन् । उनले सरकारले समस्याको बोध गहिराइबाटै भएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा आमूल परिवर्तन हुने विश्वास व्यक्त गरे ।
सांसद दाहालले आगामी वर्ष बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना, कार्यक्रम बजेट निर्माणमा सांसदहरूको प्रत्यक्ष भूमिका रहने प्रधानमन्त्रीको संकल्पका कारण बजेट पारित भएको बताए ।
सांसद दाहालले सरकारको धरातल कमजोर नभएको भन्दै सरकार पाँचै वर्ष चल्ने बताए । उनले बजेटमा भएका प्राविधिक कमजोरीहरुलाई सच्याइएको पनि बताए ।
सांसद दाहालले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । सरकारले देशमा देखिएका बेथिति र अराजकतालाई हटाउने गरी काम गरिरहेकोले सकार ढल्ने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने