आरोप पुष्टि भए १ वर्ष जेल सजाय र १० हजार जरिवाना हुनसक्ने

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सिआईबीले सरकारी लिखत किर्ते मुद्दा अघि बढाएको छ । सिआईबीको नियन्त्रणमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, पूर्व खरिदार गोपाल कार्की र पूर्वशाखा अधिकृत धर्मप्रसाद गौतमलाई अदालतले हिरासतमा राख्न म्याद दिएको छ । आरोपितहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न प्रहरीले ४ सय ६ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ । ब्यूरोले मुलुकी ऐन–२०२० को कीर्ते सम्बन्धी महलअनुसार ‘सरकारी लिखत किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । सो ऐनअनुसार सरकारी कागजागत किर्ते गरेको कसुरमा अदालतमा मुद्दा लैजान हदम्याद लाग्दैन । तर, मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ अनुसार थाहा पाएको मितिले २ वर्षभित्र अदालतमा अभियोग पत्र दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
कार्यविधि कार्यान्वयनको सवालमा मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ अनुसार नयाँ कानुनअनुसार हदम्याद लाग्ने र पुरानो कानुनअनुसार सजाय निर्धारण हुने व्यवस्था रहेको जानकारहरु बताउँछन् । आरोपीतहरुको कसुर पुष्टि भएमा मिनबहादुर गुरुङ सहितका आरोपीतहरुलाई १ वर्ष जेल सजाय र १० हजार जरिवाना हुनसक्ने ब्यवस्था छ । मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महल अनुसार ‘सरकारी लिखत किर्ते’ ठहर भएमा बिगो बराबरको रकम भराउने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ