‘विद्यालय सुपरिवेक्षण तथा पेशागत सहायता निर्देशिका’ प्रति स्थानीय तहहरूको आपत्ति

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यालय सुपरिवेक्षण तथा पेशागत सहायता निर्देशिका, २०८०’ प्रति स्थानीय तहहरूले आपत्ति जनाएका छन् । उक्त निर्देशिका मार्फत शिक्षा मन्त्रालयका अवकाशप्राप्त कर्मचारीहरूलाई विज्ञको रूपमा नियुक्त गर्न पाउने व्यवस्था गरिएको थियो ।
गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै निर्देशिका विरोध गरेका हुन् । उक्त निर्देशिका तत्काल फिर्ता गर्न माग गरेका छन् ।
संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा पठाइसकेको तर संघ सरकारको आगामी आ।व। को बजेटमा स्रोत केन्द्र पुनःस्थापना गर्ने घोषणाले द्विविधा उत्पन्न भएको जनाइएको छ । विगतमा औचित्यहीन भएर खारेज भइसकेका स्रोत केन्द्रहरुलाई ठोस अध्ययन र निष्कर्षविना हचुवाको भरमा पुनः ब्युँताउन खोजिएको उनीहरूको भनाई छ । संसदमा बजेट छलफलकै क्रममा रहेको तर बजेटलाई कार्यान्वयन गर्नेगरी सरोकारवालाहरुसँग कुनै छलफल र परामर्शबिना नै हतारमा एक तर्फीरुपमा स्थानीय सरकारको एकल अधिकारलाई हस्तक्षेप गर्ने गरी निर्देशिका जारी भएको उनीहरूको ठहर छ ।
निर्देशिकाले विद्यालय अनुगमनको लागि नयाँ र क्षमतावान् जनशक्तिको प्रवेशलाई बन्देज गराएको र समानान्तर प्रशासनिक अभ्यासका लागि स्थानीय सरकारलाई कमजोर बनाउने नियतका साथ समन्वय इकाईलाई सहभागी गराइएको उनीहरूको भनाई छ । निर्देशिकामा स्रोत व्यक्तिको योग्यता र क्षमता, प्रतिश्पर्धा गर्ने उमेरहद, छनौट प्रक्रिया लगायतका धेरै विषयवस्तुहरु विवादास्पद रहेको उनीहरूको भनाई छ ।
यो निर्देशिका नै खारेज गर्नुपर्नेमा आफूहरूको मत रहेकाले यसका अन्तरवस्तुमा प्रवेश गर्न नै जरुरी नरहेको गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे र नगरपालिका संघका अध्यक्ष भिमप्रदान ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको संविधान जारी भएलगत्तै देखि शिक्षाको समग्र क्षेत्रलाई नियमन गर्न संविधान अनुकूल हुनेगरी संघीय शिक्षा विधेयक सरोकारवालाहरुबीच परामर्श गरी संघीय संसदमा पेश गर्न ध्यानाकर्षण गराउँदै आएको उनीहरूको भनाई छ ।
आम सरोकारको विषयमा वि.सं. २०२८ सालको पञ्चायतकालिन शिक्षा ऐनलाई देखाउँदै मन्त्रालयले निर्देशिका, कार्यविधि र परिपत्रबाट तदर्थरुपमा शिक्षा क्षेत्रको नियमनकहिलेसम्म गरिरहने हो ? यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए ।
निर्देशिका लागु गर्न खोजिएमा स्थानीय सरकारहरु कार्यान्वयन गर्न बाध्य नहुने उनीहरूले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?