जसपामा उपेन्द्र यादव सात वर्ष, अशोक राई चार वर्ष मात्र रहने !

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीमा सात वर्ष मात्र रहन पाउने भएका छन् । जसपाले बनाएको नयाँ विधानमा ७० वर्षे उमेर हद तोकिएको छ । यदि त्यो प्रावधान कार्यान्वयनमा आए पार्टी अध्यक्ष यादवले सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने हुन्छ ।
अध्यक्ष यादवको हालको उमेर ६३ रहेको छ । विधानमा ७० वर्षपछि पार्टीको केन्द्रीय समितिका लागि योग्य नहुने भनेको छ । त्यस्तै, पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले चार वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने हुन्छ । शिक्षा मन्त्री समेत रहेका अध्यक्ष राईको हालको उमेर ६६ वर्ष रहेको छ । विधान तत्कालै कार्यान्वयनमा आए चार वर्षपछि राईले पनि पार्टीबाट अवकाश प्राप्त गर्नेछन् ।
तीन दिनसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हदको बारेमा व्यापक छलफल भएको थियो । सो छलफलमा अधिकांशले उमेर हदलाई समर्थन गरेका थिए भने केहीले यसको विपक्षमा धारणा राखेका थिए । अधिवेशनमा उठेका विषयहरूलाई समेटेर विधानलाई अन्तिम रूप दिन जसपाका अध्यक्ष यादवको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिले उठेका विषयवस्तुलाई समावेश गरी अन्तिम रूपमा दिएर प्रमाणीकरण गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते