विद्रोहको प्रयासपछि वाग्नर प्रमुख बेलारुस पुगे

मिन्स्क । रुसमा विद्रोहको प्रयासपछि वाग्नर समुहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस आइपुगेको राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले जानकारी दिएका छन् । बेलारुसको सरकारी टेलिभिजनका अनुसार मंगलबार लुकासेन्कोले उनी बेलारुसमा रहेको पुष्टि गरेका हुन् ।
बेलारुसमा उनी ठ्याक्कै कहाँ छन् भन्ने चाहिँ खुलाइएको छैन । शनिबार रोस्तोभ–अन–डन स्थित सैन्य मुख्यालय छाडेपछि प्रिगोजिनको कुनै तस्बिर वा भिडियो सार्वजनिक भएको छैन । यद्यपि, स्याटेलाइट तस्बिरको अध्ययन गर्ने कम्प्नी ब्ल्याकस्काईले प्रिगोजिनसम्बद्ध दुई विमान बेलारुसको राजधानीबाहिर रहेको एक सैन्य हवाई बेसमा मंगलबार बिहान ल्यान्ड भएको जनाएको छ ।
फ्लाइट राडार २४ का अनुसार दुई विमान मंगलबार बिहान ८ बजे मिन्स्क नजिक अवतरण भएका थिए । दुवै विमानले अवतरण अघि नै ट्रान्सपोर्डर बन्द गरेका कारण उनीहरू अवतरण भएको सटिक स्थान भने पत्ता लाग्न सकेको छैन ।
युरोपको जासुसी संस्थाले पनि ती दुवै विमान प्रिगोजिनकै रहेको पुष्टि गरेको छ । यद्यपि, विमानमा उनी सवार थिए कि थिएनन् भन्ने चाहिँ यकिन हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का