के गर्दै छिन् पछिल्लो समय साम्राज्ञी ?

काठमाडौँ । कुनै समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी आरएल शाह । उनलाई फिल्म खेलाउन निर्माता निर्देशक मोटो रकम तिर्नेदेखि महिनौँ कुर्न समेत तयार हुन्थे ।
उनलाई फिल्मको स्क्रिप्ट दिन निर्माता–निर्देशकको लाइन नै लाग्थ्यो । फिल्ममा उनको व्यस्तता तथा चर्चा दुवै लोभलाग्दो थियो ।
गिर्दो फिल्मको व्यवसाय र निर्माता–निर्देशकसँंगको उनको बिग्रँदो सम्बन्धले उनलाई बिस्तारै फिल्मको कमी हुन थाल्यो । जोसँग काम गर्यो उसैसँग उनको बोलचाल हराउन थाल्यो । त्यसैले अहिले उनी फिल्मबाट फुर्सदिलो छिन् ।
डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’पछि उनको कुनै पनि फिल्म आएको छैन । न उनी कुनै फिल्ममा जोडिएको समाचार देख्न र सुन्न नै पाइएको नै छ ।
फिल्मबाट फुर्सद पाएपछि उनले केही समय अनलाइन बिजनेस समेत थालेकी थिइन् । त्यो पनि चलेन । एक समय छानेर फिल्म गर्ने उनी अहिले भने विज्ञापनमा रमाइरहेको देख्न सकिन्छ । उनी अहिले अफर गरिएका सबै विज्ञापनमा काम गर्ने गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पिछडावर्ग महासंघको प्रदर्शन, तस्बिरहरू
-
‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालनका लागि सम्झौता
-
उत्तीर्ण भइसक्दा पनि लेख्न पढ्न नसकेपछि विद्यार्थीले हालिन् कलेजमाथि मुद्दा
-
सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण
-
एनआरएनए दक्षिण कोरियाको अधिवेशन चैत २४ मा हुने
-
तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन : खनाल