माधुरीले छोडेको त्यो फिल्म, जसबाट बनिन् मनिषा स्टार

मुम्बई । फिल्म घोषणाको समय छानिएका कलाकार छायांकनमा परिवर्तन हुनु बलिउडका लागि नौलो होइन । कतिपय समय कलाकारले आफ्नो ब्यस्तताको कारण फिल्म समेत छोड्छन् । तर त्यही फिल्मबाट अन्य कलाकार रातारात हिट भएको धेरै उदाहरण छ । फिल्म ‘१९४२ : ए लभ स्टोरी’ एक यस्तो फिल्म हो, जसलाई बलिउडकी धक–धक गर्ल माधुरीले छोडेकी थिइन् । मनिषा कोइराला भने यहि अभिनय गरेर रातारात स्टार भइन् । विधु विनोद चोपडाको यो फिल्ममा अनिल कपुर, मनिषा कोइराला र ज्याकी श्राफ मुख्य भूमिकामा थिए ।
यस फिल्मको अभिनेत्रीका लागि चोपडाको पहिलो रोजाई माधुरी दीक्षित थियो । फिल्ममा चोपडा आमिर खान र माधुरीको जोडी देखाउन चाहन्थे । किनभने दुई वर्ष अगाडि आमिर र माधुरीको फिल्म ‘दिल’ आएर सुपरहिट भएको थियो । तर आमिर र माधुरी दुबैले यो फिल्मको लागि समय दिन सकेनन् । त्यो समय मनीषा बलिउडका लागि नयाँ थिइन् । फिल्मका लागि अडिसन दिएर पनि फेल भएको अवस्था थियो । आमिर र माधुरीले समय नदिएपछि निर्माता चोपडाले फिल्ममा मनीषा र अनिलको जोडी पेस गरे । अनिल र मनीषाको जोडी दर्शकले रुचाए । फिल्म समेत सुपरहिट साबित भयो ।
यो फिल्म संगीतकार आरडी बर्मनको अन्तिम फिल्म थियो । फिल्ममा रहेको एक गीत ‘एक लड्कीको देखा’ आज पनि चर्चित छ । यो गीतले त्यो समय बलिउडका सबै रेकर्ड तोडेको थियो । आज पनि मानिसहरु यो गीत गाउने गर्छन् । एक अन्तर्वार्ताका क्रममा चोपडाले भनेका थिए, ‘एक लड्कीको देखा’ गीत माधुरीको दिमागबाट लेखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वेभसाइट ह्याक, साइबर व्यूरो प्रवक्ता भन्छन्ः हामीलाई थाहा छैन
-
शिवपुरीको जंगलमा डढेलो, तस्बिरहरू
-
जनप्रदर्शनलाई अवरोध गर्ने मूर्खतापूर्ण काम नगर्न मोर्चाको चेतावनी
-
ललितपुरको इमाडोलमा शव फेला
-
कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वरः शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ
-
आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह