नागरिकताको भोक : जिल्ला प्रशासन कार्यालयको गेटमै बास (तस्बिरहरू)

विराटनगर । छिटो नागरिकता बनाउने चाहनाका कारण मोरङस्थित जिल्ला प्रशासन कार्यालय विराटनगरको गेट अगाडि नै सेवाग्राही बास बसेका छन् ।
जन्मसिद्धका सन्तानहरू हिजो राति ९ बजेदेखि नै जिल्ला प्रशासन कार्यालय अगाडि बसेका हुन् । गेट अगाडि नै बिस्तारा बनाएर सुतेका उनीहरू पानी परेपछि भने तितरबितर भएका थिए ।
मोरङ बुढीगंगा गाउँपालिका–९ का सुनिल सरदारले राति ९ बजे जिल्ला प्रशासनको गेट अगाडि सुतेको बताए । लाइनमा बस्नेको पालो बिहानै पहिलो हुन्छ भनेपछि प्रशासनको गेट अगाडि सुतेको उनले बताए । पानी परेपछि रातभर ननिदाई बसेको उनले बताए ।
बिहान ८ बजेसम्म ३५० मिटरभन्दा लामो लाइन बनिसकेको छ । बिहान ३ बजे जिल्ला प्रशासनमा आइपुग्दा २०० भन्दा बढी व्यक्ति लाइनमा बसेको पाइएको कटहरिका मोहम्मद नुरोले बताए ।
‘राति पानी परेकाले तितरबितर भएका थिए तर २ बजेदेखि पानीमा भिज्दै पनि लाइनमा बसेका छन्,’ सुरक्षामा खटिएका एक प्रहरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण शुल्क बढ्यो
-
एमाले महासचिवले एकीकृत समाजवादीको पार्टी कार्यालयबारे लिए जानकारी
-
मिश्र र राणालाई रिहा गर्न माग गर्दै राप्रपाको मसाल जुलुस
-
थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श
-
ब्रोकर कम्पनी मर्जरको खुल्यो बाटो, १० प्रतिशतले थपघट गरी सेयर स्वाप अनुपात
-
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु