बजेटबारे निर्णय गर्न जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) ले बजेटबारे निर्णय गर्नका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
दुवै पार्टीले आ–आफ्नो संसदीय दलको बैठक बोलाएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । बैठक आज बिहान साढे १० बजे संसद् भवनमा बस्नेछ ।
जसपाले बजेटमा समावेशी नभएको भन्दै संशोधन बिना पास गर्न नदिने बताउँदै आएको छ । त्यस्तै एकीकृत समाजवादीले बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै आएका छन् । यद्यपि, सत्तारुढ दलबीच बजेटबारे ‘अन्डरस्ट्यान्डिङ’ बनिसकेकाले दुवै दलले बजेट पारित गर्न सहयोग गर्ने बताइएको छ ।
सत्तारुढ नेपाली कांग्रेसले यसअघि नै आफ्ना सांसदहरूलाई आजको बैठकमा अनिवार्य उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति