यी हुन् लुम्बिनी प्रदेशका समयमा बजेट नल्याउने स्थानीय तह

बुटवल । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले आन्तरिक विवादका कारण बजेट ल्याउन सकेका छैनन् ।
ऐनले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्था गरेपनि रुपन्देहीका ३ वटा पालिका, कपिलवस्तुका दुई पालिका र रोल्पाको एक गाउँपालिकाले बजेट ल्याउन ल्याएका छैनन् ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका,यशोधरा गाउँपालिका तथा रुपन्देहीको सम्मरीमाई, रोहिणी,कोटहीमाइ गाउँपालिकाले बजेट ल्याएका छैनन् । यस्तै, रोल्पाको गंगादेव गाउँपालिकाले पनि अझैसम्म बजेट ल्याउन सकेको छैन ।
यसरी बजेट ल्याउन नसक्नुमा धेरै ठाउँमा वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच बजेटमा विवाद देखिएको छ । केही आन्तरिक कारण पनि देखिएका छन् ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा वडाध्यक्षर गाउँपालिका अध्यक्षबीच कुरा नमिल्दा बजेट पास नभएको अवस्थामा छ ।
गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी लोसपा हुन् भने बहुमत वडाध्यक्षहरू नेपाली काँग्रेसका छन् । यो गाउँपालिकाका वडाध्यक्षहरू आफ्नो सिलिङअनुसार बजेट नदिएको भन्दै नीति तथा कार्यक्रम पास गर्न नदिएको गाउँपालिका अध्यक्ष कमलेश चौधरीले रातोपाटीलाई बताए । उनले आफूले मिलाउने प्रयास गरिरहेका छन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरे पनि आन्तरिक विवादका कारणले बजेट ल्याउन सकस परेको छ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका वडाध्यक्षहरूले धेरै बजेट माग्ने र अध्यक्षले मिलाउने प्रयास नगर्दा बजेट ल्याउन समय लाग्ने देखिएको छ ।
उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले गाउँपालिका अध्यक्षले र वडाध्यक्षबीच समन्वय हुन नसक्दा गाउँसभा हुन नसकेको बताए । वडाध्यक्षर गाउँपालिका अध्यक्षबीच बजेट विषयमा कुरा नमिल्दा रुपन्देहीका रोहिणी गाउँपालिका र कोटहीमाई गाउँपालिकाले पनि बजेट ल्याउन सकेका छैनन् ।
बजेट नल्याएका गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच मतभेद हटाएर बजेट ल्याउने आग्रह गरेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बताए ।
रोल्पाको गंगादेव गाउँपालिकामा नीति तथा कार्यक्रम पारित भए पनि अझैसम्म बजेट ल्याएको छैन ।
गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी केसीले बजेटमा शीर्षकहरू परिवर्तन गर्नुपर्ने भएकाले ढिलो भएको भन्दै अव दुई, तीन दिनमै बजेट ल्याउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा