पाकिस्तानद्वारा निर्वासित पूर्वप्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित
इस्लामावाद । पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ ।
सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठह¥याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मङ्गलबार बताए ।
सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।
सर्वोच्च अदालतले उनलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए ।
त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेको बताइने गरेको छ ।
उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए भने पीएमएल–एनको औपचारिक नेतृत्व पनि उनले नै गर्दै आएका छन् ।
पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ ।
पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रियसभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठह¥याउन सक्ने व्यवस्था गरेको उल्लेख मङ्गलबार सरकारका एक प्रवक्ताले गरे ।
राष्ट्रपति आरिफ अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सादिक सञ्जरानीले सोमबार उक्त विधेयकमा हस्ताक्षर गर्न कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेको उनले बताए ।
राजनीतिक विश्लेषक हसन अस्करीले एएफपीसँग भने, “सत्तारुढ पीएमएल–एन र यसको गठबन्धन साझेदारहरू नवाज सरिफलाई फिर्ता ल्याउन चाहन्छन् । यो उद्देश्य प्राप्तिका लागि विधेयक पारित गरिएको हो ।”
उनले थपे, “नवाज सरिफ आगामी निर्वाचनमा पीएमएल–एनका लागि मुख्य प्रचारक हुनुहुनेछ । उहाँको पुनरागमनले राजनीतिक रूपमा पार्टीलाई निकै फाइदा पुग्नेछ, तर उहाँ आफैं चुनाव लड्ने कि नलड्ने भन्ने स्पष्ट छैन ।”
सरिफले अझै पनि भ्रष्टाचारको मुद्दाको सामना गरिरहेका छन् । सरिफका उत्तराधिकारी इमरान खानको कार्यकालमा उहाँलाई सजाय सुनाइएको थियो । यो निर्णय देशलाई ऐतिहासिक रूपमा पिरोलिरहेको भ्रष्टाचारलाई सुधार्ने वाचासहित गरिएको थियो ।
तर पाकिस्तानमा विपक्षी नेताहरूलाई पेचिलो बनाउने कानुनी मुद्दाहरू आफ्नो पार्टीले पुनः सत्तामा आएपछि नियमित रूपमा फिर्ता लिने गरेका छन् ।
शहबाजले गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत खानलाई सत्ताच्यूत गरेका थिए । यद्यपि, उनी दलहरूको अस्थिर गठबन्धनको प्रमुखमा छन् । खान मतदानको ‘काउन्टडाउन’मा निकै लोकप्रिय छन् ।
खानले मध्यावधि चुनावको माग गर्दै आएका छन्, तर उनको अभियान दर्जनौं कानुनी मामिलामा अल्झिएको छ ।
गत महिना इस्लामाबादमा भ्रष्टाचारको आरोपमा उनलाई केही समयका लागि पक्राउ गरिएको थियो, जसका कारण उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।
तीन दिन हिरासतमा बसी रिहा भएपछि पीटीआईलाई हजारौं नेता कार्यकर्ता पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ ।
खानले आफ्नो पार्टीलाई पीएमएल–एन नेतृत्वको सरकार र शक्तिशाली सैन्य प्रतिष्ठानले दमन गरिरहेको आरोप लगाएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशसँग १२९ रनको अग्रता लिँदै पुलिस क्लबद्वारा पाली समाप्तिको घोषणा
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
मण्डलामा अब ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने
-
बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम
-
आगलागीमा परी एकको मृत्यु
-
च्याम्पियन्स ट्रफी क्रिकेटअघि बङ्गलादेशलाई शकिबको ‘बलिङ एक्सन’ को चिन्ता