बजेटमा असन्तुष्टि
बजेटमा असन्तुष्टि जनाउँदै घोराही-८ का वडा अध्यक्ष शाहले दिए राजीनामा
मङ्गलबार, १२ असार २०८०, १७ : ५९
दाङ । घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
एमालेबाट निर्वाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएका हुन् ।
आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइएको छ ।
आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट वडामा बजेट नदिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताए ।
यसअघिको बजेट ल्याउँदा पनि राजीनामा दिने घोषणा गरेका उनले अन्तिममा राजीनामा भने दिएका थिएनन् । उनले अर्को निर्वाचनमा मेयरमा चुनाव लड्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
अमेरिकी डलर एकको बिक्रीदर १४० रुपैयाँ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...