मेयर बालेनसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग बाटोको म्याद बाहेक सात दिन भित्र लिखित जवाफ माग्ने आदेश दिएको हो ।
महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । उक्त रिटमाथि सुनुवाइका लागि आइतबार र सोमबार पेसी पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो ।
बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।
त्यसलगत्तै हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
-
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?
-
काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब
-
राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन