ललिता निवास प्रकरण
ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त पक्राउ, संख्या ७ पुग्यो
मङ्गलबार, १२ असार २०८०, १४ : ३८

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म