कोशी अस्पतालको ३३० जनरल बेड अब निःशुल्क
विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोशीमा जनरल बेड मंगलबारदेखि निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय सरकार मातहत रहेको कोशी अस्पतालको ३३० बेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय भएको बताएका हुन् ।
कोशी अस्पतालको मंगलबार निरीक्षण गरेपछि सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले कोशी अस्पतालले गरिबका लागि भन्दै जनरल बेड निःशुल्क गरिएको बताए । यसअघि प्रतिबेड १०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि बिरामीले बेडका लागि पैसा तिर्नुपर्ने मन्त्री बस्नेतले बताए ।
यसअघि वीर अस्पतालको ७ सय बेड निःशुल्क गर्ने निर्णय भएको छ । यसरी क्रमशः सङ्घीय मातहतको अस्पतालको जनरल बेड निःशुल्क गरिने मन्त्री बस्नेतले बताए । ‘यसअघि मैले वीर अस्पतालको ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु । लागू पनि भएको छ । कोशी अस्पतालको पनि जनरल बेड निःशुल्क भएको छ,’ मन्त्री बस्नेतले भने, ‘यहाँ पनि मंगलबारदेखि लागू हुनेछ ।’
बेड निःशुल्क गर्दा अस्पताललाई आम्दानी रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । मन्त्रीले निर्देशन दिएपछि जेनेरल बेडमा भर्ना भएका बिरामीको मंगलबारदेखि जनरल बेड निःशुल्क गरिएको कोशी अस्पतालका मेसु डा। रविराज सिंहले जानकारी दिए ।
‘कोशी अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । एक सय रुपैयाँ तिर्नका लागि उनीहरूलाई सहज हुँदैन,’ मेसु सिंहले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय भएको हो ।’
जनरल बेड निःशुल्क भए पनि आइसियू र क्यानको शुल्क भने लाग्नेछ । कोशी अस्पताल ३५० शय्याको अस्पताल हो । यहाँ दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय जना बिरामी आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा