बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

वित्तीय संस्था विरुद्धको अराजक गतिविधि रोक्न बैंकर्सको माग, आन्दोलनमा उत्रिने चेतावनी

मङ्गलबार, १२ असार २०८०, ११ : ४३
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू विरुद्धको गतिविधिमा बैंकर्स एकजुट भएका छन् । सोमबार मात्र पूर्वी नेपालको इटहरी, सुनसरी, बिर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको शाखामा केही व्यक्तिहरूले शाखा सञ्चालनमा अवरोध गरेको, कर्मचारीहरूलाई धम्क्याएको र ग्राहकहरूलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट वञ्चित गरेको भन्दै बैंकर्सहरुले ज्ञापनपत्र जारी गर्दै विरोध गरेका हुन् ।

‘बैंक तथा वित्तीय संस्था विरुद्ध भए गरेका कुनै पनि अराजक गतिविधिको हामी घोर भर्त्सना गर्छौँ । यस विषयमा सुरक्षा निकायले यथाशीघ्र आवश्यक कदम लिई शाखा सञ्चालन गर्न तथा कर्मचारी/ग्राहकको सुरक्षाका लागी माग गर्दछौँ’ नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघद्वारा संयुक्त जारी विज्ञप्तिमा भनिएको छ ।

ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्ति÷सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको सञ्चालन तथा कर्मचारीहरूलाई आवश्यक सुरक्षा प्रदान गरिदिन समेत बैंकर्सले सरकारसँग माग गरेको छ । अन्यथा, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरू भएको खण्डमा यसका विरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी समेत उनीहरूले दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप