खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जनाको मृत्यु, चार जना घाइते

सुर्खेत । खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् ।
जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । हावाहुरीले विद्युत तारा खेतमा परेको थियो । पानीमै परेको हुनाले खेत गोडिरहेको अवस्थामा करेन्ट लाग्न गएको हो ।
यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरूको उपचार अहिलेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर