अमेरिका : विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । विमानको इन्जिनले कर्मचारीलाई भित्र तानेको बताइएको छ ।
डेल्टा कम्पनीको यो यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ आइरहेको थियो र त्यसको एउटा इन्जिन चलिरहेको थियो । यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको कम्पनीले जनाएको छ ।
सरकारी निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ । उसले घटनाको विवरण संकलन भइरहेको बताएको छ ।
डेल्टाको सहायक कम्पनी युनिफाइ एभिएसनमा ग्राउन्ड स्टाफको रूपमा काम गर्ने ती कर्मचारीको नाम कम्पनीले अहिलेसम्म साझा गरेको छैन।
शुक्रबार, एयरबस ए३१९ लस एन्जलस एयरपोर्टबाट सान एन्टोनियो पुगेको थियो । यसलाई सञ्चालन गर्ने कम्पनी डेल्टाले एक विज्ञप्तिमा भन्यो, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले सञ्चालन वा सुरक्षा प्रावधान र नीतिहरूसँग कुनै समस्या नभएको देखाएको छ।’ कम्पनीका प्रवक्ताले गहिरो दु:ख व्यक्त गर्दै र शोक सन्तप्त परिवारसँग समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी