पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातनापीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा आयोगले यातनासम्बन्धी उजुरीहरुमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही तथा पीडकबाट क्षतिपूर्ति भराउने जस्ता सिफारिस सरकारलाई गरेको उल्लेख गर्दै ती सिफारिस कार्यान्वयनमा जोड दिन स्मरण गराएको छ ।
यातनासम्बन्धी उजुरीहरुमा करिब दुई सय वटाको आयोगले सिफारिस गर्दै पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न भनेको छ । “यी सिफारिसको कार्यान्वयनको सन्दर्भमा केहीमा पीडितहरुलाई क्षतिपूर्ति दिलाउनेबाहेक पीडकलाई कारबाही गर्ने कार्यहरु अत्यन्त न्यून देखिएकाले आयोगको सिफारिस कार्यान्वयनमा जोड दिन सरकारलाई यस अवसरमा आयोग पुनः स्मरण गराउँदछ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनका अनुसार हाल आयोगमा यातनासम्बन्धी तीन सय ५८ वटा उजुरीहरु विचाराधीन अवस्थामा रहेका छन् । “स्थापनादेखि नै यातना दिइने कार्यको विरुद्ध अनुगमन तथा अनुसन्धान गर्दै आइरहेको छ । नेपालमा विगतको सशस्त्र द्वन्द्वको समयमा पक्राउ गरी मानसिक तथा शारीरिक यातना दिइएका घटनाहरुको विषयमा उजुरी दर्ता गर्ने र ती घटनाहरुमा आयोगले अनुगमन तथा अनुसन्धान गरी सरकारसमक्ष सिफारिस गर्दै आएको छ,” विज्ञप्तिमा भनिएको छ ।
आयोगले कसैले पनि कुनै पनि व्यक्तिलाई कुनै पनि बहानामा यातना दिने कार्य कानुन विपरीत भएको जनाउँदै व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित