महिला तथा पुरुष लिग भलिबल असार अन्तिम साता

काठमाडौँ । नेपाल भलिबल संघले असारको अन्तिम साता ‘सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८०’ आयोजना गर्ने भएको छ । संघले आफ्नो वार्षिक कार्यक्रम (२०७९/८०) अनुरुप प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत रुपमा विकास, विस्तार र प्रवद्र्धन गर्दै लैजाने नीति अनुरुप असार २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी संघले सोमबार आयोजित पत्रकार सम्मेलनमा दियो ।
प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, दावाँली मिलन क्लब, काठमाण्डौ, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ बागढुङ्गा स्पोटर्स क्लब रामेछाप गरि कूल आठवटा टोलीको सहभागिता रहने छ । महिलातर्फ नेपाल पुलिस क्लब, होङ्जी न्यू डायमन्ड युथ स्पोटर्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ वटा टोलीको सहभागिता रहने छ ।
गत माघमा सम्पन्न क्लब च्याम्पियनसिपबाट यो प्रतियोगिताका लागि टोलीको छनोट गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलातर्फ आठ टोली सहभागी भएका थिए । असारमा हुने लिगमा एक टोलीबाट तीनजना विदेशी खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । लिगमा विजयी हुने टोलीले आगामी डिसेम्बर (नेपाल भलिबल संघले प्रस्ताव गरे अनुसार) मा नेपालमा आयोजना हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने जानकारी संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले दिए ।
लिग सम्पन्न गर्न करिब ७५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । लिगमा महिला र पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्ने टोलीले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५/३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्ले लिग सञ्चालनका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ ।
यसैगरी माछापुच्छ्रे बैकले एक लाख ५० हजार, संघका पूर्वउपाध्यक्ष रञ्जन खड्काले शेरबहादुर खड्का प्रतिष्ठानको तर्फबाट उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने पुरस्कार रकम ७५ हजार र पूर्वअध्यक्ष मनोरञ्जन रमण शर्माले ५० हजार रुपैयाँ सहयोग गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । मिडिया पार्टनर हाम्रो खेलकुदले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका साथै सम्झौता बमोजिमको आर्थिक सहयोग गर्ने जानकारी पनि पत्रकार सम्मलेलनमा अध्यक्ष चन्दले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त