‘युक्रेनको युद्ध र वाग्नर सङ्कटले ‘रूसी शक्तिलाई कमजोर पारिरहेको’ छ : ईयू

लक्जेमबर्ग । आणविक शक्तिमा अस्थिरता ‘राम्रो कुरा होइन’ भन्दै युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले युक्रेनमा मस्कोको युद्धले रूसी शक्तिलाई विभाजित गरिरहेको देखाएको बताएका छन् । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “यो सप्ताहन्तमा जे भएको छ, त्यसले युक्रेनविरुद्धको युद्धले रूसी शक्तिलाई ध्वस्त पारिरहेको छ र यसको राजनीतिक प्रणालीलाई प्रभावित गरिरहेको छ भन्ने देखाउँछ ।”
“रुसजस्तो आणविक शक्ति अस्थिरताको चरणमा जान सक्छ भन्ने कुरा पक्कै पनि राम्रो होइन । यो पनि ध्यानमा राख्नुपर्ने कुरा हो,” बोरेलले पत्रकारहरूसँग भने । “सबैभन्दा महत्वपूर्ण निष्कर्ष के हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सुरु गरेको युद्ध र पुटिनले वाग्नरसँग मिलेर बनाएको अस्वभाविक गठजोडले पुटिन स्वयंप्रति औँला ठडाएको छ,” उनले भने ।
बोरेलले भने, “अस्वभाविक शक्ति संरचनाले आफ्ना सर्जकविरुद्ध काम गरिरहेको छ, राजनीतिक प्रणालीले कमजोरी देखाइरहेको छ र सैन्य शक्ति ध्वस्त भइरहेको छ ।” लक्जेम्बर्गमा भएको आफ्नो नियमित बैठकमा इयूका विदेशमन्त्रीहरू विद्रोहबाट उत्पन्न परिणामको मूल्याङ्कन गर्दै यसलाई स्वभाविक परिणाम बताएका छन् ।
स्वीडेनका विदेशमन्त्री टोबियास बिलस्ट्रोमले अशान्ति रूसको आन्तरिक मामिला भएको बताए ।
उनले ‘सबैभन्दा महत्वपूर्ण कुरा’ भनेको युक्रेनलाई समर्थन गर्नु रहेको बताउँदै पछिल्ला परिणामले युक्रेनले आफ्नो भूभाग फिर्ता लिन सक्ने पुष्टि गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान्त्वना जित निकाल्दै आलोचना मत्थर पार्ने धुनमा आयोजक पाकिस्तान र बंगलादेश
-
तीन कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा : आफ्ना रोक्ने, अर्काका खोस्ने !
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’