दुईपटक टिकटको मूल्य घटाउँदा पनि बढेन आदिपुरुषको कमाई

मुम्बई । टिकटको मूल्य लगातार दुईपटक घटाउँदा पनि चलचित्र आदिपुरुषको बक्स अफिस कलेक्सनमा खासै वृद्धि देखिएको छैन । रिलिजको दोस्रो हप्ता चलचित्रले भारतमा मात्र १४ करोड रुपैयाँ कमाई गरेको छ । फिल्मको कमाइको तथ्याङ्क जुटाउने वेबसाइट सैकनिल्कका अनुसार दोस्रो आइतबार चलचित्रले मात्र ६ करोड भारु कमाई गरेको छ ।
ओम राउतको निर्देशनमा बनेको चलचित्रले पहिलो दिन नै हिन्दी सिनेमामा सबैभन्दा ठुलो ओपनिङ गर्ने रेकर्ड बनाएको थियो । रिलिजको पहिलो हप्ता चलचित्रलाई ठुलो सफलता मिलेको थियो । चलचित्रको हिन्दी संस्करणले नै ११३ करोड भारु कमाएको थियो ।
धमाकेदार सुरुवातपछि आदिपुरुषको कमाइमा लगातार गिरावट देखिएको छ । विवादित संवादका कारण चलचित्रको आलोचना भइरहेको छ । चलचित्र हेरेर फर्किएका दर्शकले चलचित्रको संवादप्रति निराशा व्यक्त गरेका छन् । दर्शकको भावनालाई कदर गर्दै चलचित्रका केही संवाद परिवर्तन गरिएको थियो । चलचित्रको संवाद लेखक मनोज मुन्तशिर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला