शान्ति सुरक्षा माग गर्दै लघुवित्त बैंकर्स संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरूले काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो केही समयदेखि केही व्यक्ति तथा समूहले लघुवित्त विरुद्धको संघर्ष समिति नामको समूहमार्फत संस्थाहरूको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरू माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरूको मनोबल गिराउने जस्ता अराजक गतिविधि भइरहेको जानकारी गराउँदै संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरूमार्फत ज्ञापन पत्र बुझाएका छन् ।
संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरूमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले त्यस्ता समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मीहरूलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापन पत्र बुझाइएको सङ्घको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’