यू- १६ लिग फुटबल असार ३० गतेदेखि
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ । यसअघि एन्फा यू-१६ लिग असार २३ गतेदेखि सञ्चालन हुने भनिएको थियो । तर, त्यतिबेला अधिकांश विद्यालयमा परीक्षा सञ्चालन हुने भएकाले मिति सारेर असार ३० गते पुर्याइएको एन्फाले जनाएको छ ।
यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लिगको तयारीका लागि सहभागी क्लबहरुलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । खेलाडीहरुको अध्ययनलाई ध्यानमा राखी यू-१६ लिगका खेलहरु शुक्रबार, शनिबार वा सार्वजनिक विदाको दिन पारेर खेलाइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु