सांसद पौडेलको प्रश्न : जलहरी प्रकरणमा भएको के हो ? कति सुन हराएको हो ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पशुपति नाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी ट्रकमा ल्याएको सामान जसरी जोख्ने काम भएको भन्दै यसबारे सत्यतथ्य सदनमा जनाकारी गराउनुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीबारे सदनमा निकै चर्चा भएको र जोख्ने तौलने काम भएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन माग गरे ।
‘जलहरीबारे सदनमा निकै चर्चा भयो, मिडियाहरुमा पनि प्रमुखताका साथ समाचार आएको छ । तर भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौ’,
पूर्वमन्त्री समेत रहेका पौडेलले भने, ‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यसको सत्यतथ्य जनाकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’ जलहरी प्रकरणमा हिनामिना भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरीको नापजाँच गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म