चन्द्रनिगाहपुरबाट ब्राउन सुगरसहित युवक पक्राउ
सोमबार, ११ असार २०८०, ११ : ५१

रौतहट । रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिहापुरबाट लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विवेक गुराे रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले बताएका छन् ।
प्रहरीले चेकजाँच गर्ने क्रममा गुरोको शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ । गुरोले प्रयोग गरेको ना ५८ प ४२४६ नम्बरको स्पेलेण्डर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको तथा जिल्ला अदालत गौरबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
-
ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन
-
सुरक्षा निकायसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : नेता साउद
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव
-
कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा