मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सांसदको माग

सोमबार, ११ असार २०८०, ११ : ३२
सोमबार, ११ असार २०८०

काठमाडौँ । सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकम कम भएको बताए ।

चट्याङबाट सर्वसाधारण र किसानहरू बढी मर्ने गरेको भन्दै विदेश जान छोडेर खेती किसानी गर्दा पनि चट्याङले ज्यान लिने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए ।  ‘दाङमा केही दिन अघि मात्र २ जना किसान बालीनाली लगाइरहेका किसान चट्याङ लागेर मृत्यु भयो’, गिरीले भने, ‘रामनारायण चौधरी र समीर केसीको मृत्यु भयो, रुपा राना घाइते छन् ।’ 

त्यस्तै घटना बागलुङमा पनि दुई नाबालक दिनेश र सुनिता विकको ज्यान गएको भन्दै उनले गत साल मात्र चट्याङबाट ५५ जनाले नेपालमा ज्यान गएको बताए ।  ‘तर सरकारले दुई लाख रुपैयाँ दिने गरेको छ । यो नाम मात्रको छ’, गिरीले भने, म चट्याङबाट निधन भएका परिवारलाई कम्तीमा १० लाख दिन सरकारसँग आग्रह गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप