जसपा विधान अधिवेशन : आज समूहगत छलफल हुने
सोमबार, ११ असार २०८०, ०७ : १३
_tR6u4R2Fha.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान माथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुँदैछ ।
हिजो आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो । बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन ।
पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
-
१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)
-
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति