शाहरुखको फिल्मी करियरको ३१ वर्ष : जुन उपलब्धिमा ‘किंग खान’लाई सबैभन्दा गर्व छ

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानले आइतबार आफ्नो फिल्मी करियरको ३१ वर्ष पूरा गरेका छन् । शाहरुखले यस अवधिमा धेरै पटक धेरै मानिसहरूलाई मनोरन्जन गर्न पाउनु आफ्नो उपलब्धि हो जसमा आफूलाई सबैभन्दा गर्व रहेको बताएका छन् ।
फिल्मी करियरको ३१ वर्ष पूरा भएको अवसरमा उनले ट्वीटर मार्फत आफ्ना फ्यानहरुसँग कुरा गरेका थिए । यस क्रममा, एक प्रश्नको जवाफमा, शाहरुख खानले भने, ‘सबै मानिसहरूलाई धेरै पटक मनोरञ्जन गर्न सक्षम हुनु’ उनको लागि सबैभन्दा गर्वको उपलब्धि हो।’
५७ वर्षका शाहरुख खानले धेरै सफल फिल्म दिएका छन् जसका लागि उनलाई ‘किंग खान’को उपनाम दिइएको छ । शाहरुख खानको पहिलो फिल्म ‘दीवाना’ सन् १९९२ मा रिलिज भएको थियो । यस फिल्ममा उनीसँगै ऋषि कपुर र दिव्या भारती मुख्य भूमिकामा थिए । यसअघि उनी टिभीका चर्चित अनुहार थिए ।
यसै वर्ष जनवरीमा रिलिज भएको उनको फिल्म ‘पठान’ ले सफलताका नयाँ रेकर्ड कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र