बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

नरैनापुर गाउँपालिकाको बजेट ४८ करोड ६२ लाख

आइतबार, १० असार २०८०, २० : ४४
आइतबार, १० असार २०८०

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को लागि कूल रु ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।  

गाउँपालिका शिक्षा, स्वास्थ्य, सामाजिक विकास र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरूका लागि ५ करोड  ७० लाख विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ३ करोड ३० लाख विनियोजन गरिएको छ ।

पूर्वाधार विकास क्षेत्रको लागि १० करोड विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रको लागि २० करोड  बजेट विनियोजन गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ५ करोड बजेट विनियोजन गरिएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त विभिन्न योजनाको लागि समपूरक कोषको लागि रु २ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप