बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भीमफेदीले ल्यायो ६८ करोड ५४ लाखको बजेट

आइतबार, १० असार २०८०, १९ : ५४
आइतबार, १० असार २०८०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट ६८ करोड ५४ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । भीमफेदी गाउँपालिकाको आइतबार बसेको गाउँसभामा पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि चालु तर्फ ३३ करोड २० लाख रुपैयाँ, पुँजीगत तर्फ ३५ करोड ४३ लाख ९१ हजार रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।  

पालिकाले सामाजिक क्षेत्रतर्फ २४ करोड ३९ लाख रुपैयाँ, आर्थिक विकास ६ करोड ८२ लाख रुपैयाँ, पूर्वाधार विकास २४ करोड ८८ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धी १ करोड ८० लाख रुपैयाँ, वन वातावरण एवम् विपद् व्यवस्थापन तर्फ १ करोड ८५ लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भीमफदीले आगामी आर्थिक वर्षमा व्यहोर्ने स्रोत अन्तर्गत संघीय सरकारबाट अनुदान ३४ करोड ३२ लाख रुपैयाँ, प्रदेश सरकारबाट ६ करोड ६७ लाख रुपैयाँ, राजस्व बाँडफाँट बाट १२ करोड ७७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै पालिकाले आन्तरिक राजस्व ६ करोड ४४ लाख रुपैयाँ र अन्य आय मार्फत ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

पालिकाले आगामी आर्थिक वर्षमा खडेरिबाट समस्यामा परेका कृषकलाई क्षतिपूर्ति दिने गरी १ हजार रोपनीभन्दा बढी जमिनमा रैथानेबाली उत्पादन गर्न नगद अनुदान दिने, महिला तथा युवाहरू उद्यमशितलाका लागि अनुदान दिने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षामा समेट्ने गरी १०० भन्दा बढी श्रमिकहरुलाई आबद्ध गर्ने लगायतका कार्यक्रमहरु बजेटमा समावेश गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप