बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखायो : सांसद पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखाएको बताएका छन् । प्रधानमन्त्री र सांसदहरूको निर्वाचन क्षेत्र बराबर भएपनि सो अनुसारको बजेट विनियोजन हुन नसकेको उनले बताए ।
आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै पाण्डेले सरकारले बजेट बनाउँदा १६५ निर्वाचन क्षेत्रका सांसदहरूलाई समानुपातिक रूपमा बजेट विनियोजन गर्नुपर्ने बताए । उनले आफूहरू सत्तापक्षको भएपनि सरकारले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएकाले बजेट कुनैपनि हालतमा पास गर्न नसकिने बताए ।
सांसद पाण्डेले ससदबाट बजेट पास हुन १३८ सांसद आवश्यक रहेको भन्दै यथास्थितिमा बजेट पास गरे १३८ सांसद नपुग्ने बताए । मन्त्रीले सांसदहरूलाई आफ्नो क्षेत्रका समस्या नसोधी बजेट विनियोजन गरेको भन्दै बजेट निर्माणमा सांसदहरूको भूमिका हुनुपर्ने बताए । उनले बजेट आफ्नो क्षेत्रमा लैजानका लागि मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको आरोप लगाए ।
सांसद पाण्डे प्रधानमन्त्रीको क्षेत्रमा ५५ करोड, पूर्र्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने तर अन्य सांसदहरूको क्षेत्रमा बजेट कम जाने प्रवृत्तिको अन्त्य गर्नपनि बजेट पास गर्न दिन नहुने बताए । उनले १६५ निर्वाचन क्षेत्रका सांसदहरूको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी
-
आगामी बजेटमा १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत कायम गर्न माग
-
अघोषित लोडसेडिङको मारमा कर्णाली, विद्युत् प्रणालीमा बारम्बार अवरोध
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)