गण्डकी प्रदेश
फेवा ताल संरक्षणमा सर्वोच्चको फैसला कार्यान्वयन गरिने
आइतबार, १० असार २०८०, १७ : ३८

पोखरा । सर्वोच्च अदालतले फेवातालको मापदण्डको विषयमा गरेको फैसला पोखरा महानगरपालिकाले कार्यान्वयन गर्ने भएको छ । मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै फेवा ताल संरक्षणका बारेमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने बताएका हुन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै मेयर आचार्यले भने, ‘फेवाताल संरक्षणमा सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइनेछ । यसको अत्तिरिक्त फेवा, वेगनास, रुपा लगायत रामसार सूचीमा सूचीकृत तालहरुको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’
मेयर आचार्यले फिर्केको मापदण्ड तय भइसकेपछि ‘फूट ट्र्याक’ तथा साइकल लेनको व्यवस्था गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ