ट्रेजरीमार्फत ३ अर्ब ६१ करोड आन्तरिक ऋण उठाउँदै सरकार
आइतबार, १० असार २०८०, १७ : ०६

काठमाडौँ । सरकारले आगामी मंगलबार ट्रेजरी बिलमार्फत ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय ९१ दिने ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । यद्यपि, कूल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएपनि बैंकले ३ अर्ब ६१ करोड नयाँ जारी गरेर बाँकी पुरानो नवीकरण गर्ने भएको हो । केन्द्रीय बैंकका अनुसार कूल ट्रेजरी मध्ये २० अर्ब ५० करोड २५ लाख रुपैयाँ पुरानो ट्रेजरी नै नवीकरण हुनेछ ।
नयाँ ट्रेजरीका लागि इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । आवेदन भने भोलि अर्थात् सोमबार दिउँसो ३ बजेभित्र दिइसक्नुपर्नेछ । आवेदन परेकाहरु मध्येबाट राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजे बोलकबोल गर्नेछ । यसअघि असार ४ गते केन्द्रीय बैंकले नवीकरण र नयाँ गरी कूल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक