टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने
आइतबार, १० असार २०८०, १६ : ५७

काठमाडौँ । नेपाल टेलिकमले मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र रूपमा गरिरहेको छ । यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । ती स्थानहरूमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघले अनैतिक हर्कत गरेर स्ववियु निर्वाचन भाँड्न खोजेको अनेरास्ववियुकाे आरोप
-
ट्याक्सी चालकको हत्या र लुटपाट गरी फरार १५ वर्षपछि पक्राउ
-
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
-
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता सम्पन्न
-
चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन