सर्वोच्चको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ

काठमाडौँ । सर्वोच्चको अदालतको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ परेका छन् । सेतो साडी लगाएर सर्वोच्चअगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्ना पति न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारको कसुरमा कारवाहीको माग गर्दै रावल बिनु यादवको साथमा सर्वोच्च अदालतअगाडि पुगेकी थिइन् । त्यहाँ प्रदर्शन गर्नै लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई उनीहरुलाई प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।
न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको कसुरमा मुद्दा दर्ता भएलगत्तै उनी निलम्बनमा परेका थिए । काठमाडौं र रुपन्देही जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतलाई दबाव दिने उद्धेश्यले उनीहरुले प्रदर्शन गर्न खोजेका थिए । न्यायाधीश गिरी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । सामान्यतः वैवाहिक बलात्कारको मुद्दामा थुनामा नराखी धरौटीमा रिहा गर्ने गरिन्छ । तर गिरीलाई थुनामै राख्नुपर्ने र दोषी ठहर गर्नुपर्ने भन्दै रावल अदालतलाई प्रभावित बनाउन प्रदर्शनमा उत्रिएकी हुन् ।
आरती रावलविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा चोरी तथा बाँके जिल्ला अदालतमा सरकारी कागजात कीर्ते र सम्बन्धविच्छेदको मुद्दासमेत विचाराधीन अवस्थामा रहेका छन् । निलम्बित न्यायाधीश गिरीले आफूलाई दबावमा राखी जबरजस्ती विवाह गर्न बाध्य पारिएको र अहिले पनि पटकपटक ब्ल्याकमेल र मानसिक यातना दिएको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा