टीभीएसले ल्यायो ‘नयाँ सफर बिना कर’ अफर
आइतबार, १० असार २०८०, १६ : ५१

काठमाडौँ । टीभीएसले नयाँ खरिदकर्ताहरूलाई लक्षित गरी ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैले तिर्नेछ ।
टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँ लागु गरिसकेको छ, जसले गर्दा प्रयोगकर्ताहरू दुई वर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएको कम्पनीले जनाएको छ । यस बाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति फाइनान्स सुविधा पनि ल्याएको छ, जस अन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
२०८१ साल : ‘हाइ प्रोफाइल’हरू नै फौजदारी अपराधमा
-
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
-
वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता