काठमाडौँ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोकेर सुरक्षा घेराभित्र जलहरीको नापजाँच गरिएको छ ।
मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले जलहरीको नापजाँच गरिरहेको छ ।
आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् ।
१ प्रतिक्रिया