मेयर बालेनले ‘कानुनलाई मान्दिनँ’ भन्ने कुरालाई गम्भीर रूपमा लिनुपर्छ : राजकिशोर यादव
_tR6u4R2Fha.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कानुनलाई मान्दिन भन्नु ठुलो कुरा भएको बताउँदै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । यादवले त्यसको बारेमा समाजले चिन्तन गर्नुपर्ने बताएका हुन् ।
पार्टीको आइतबारदेखि सुरु भएको विधान अधिवेशनमा आफ्नो धारणा राख्दै उनले रवि लामिछानेको पनि नेपाली राजनीतिमा केही लगानी नगरे पनि उनले जसपाभन्दा ठुलो पार्टी बनाएको जिकिर गरे । उनले यसको बारेमा पार्टीले गम्भीर रूपमा चिन्तन गर्नुपर्ने जिकिर गरे । ‘रवि लामिछाने जस्ता व्यक्ति यो देशका लागि टाउको दुखाई नबनोस् भनेर सचेत रहनुपर्छ,’ उनले भने ।
जसपा नेपालमा रहेको सबैले आफ्नो पार्टी हो भनेर सम्झिनु पर्ने बताउँदै उनले अवसर र चुनौतीलाई बराबर किसिमले बाँडफाँट गर्नुपर्ने धारणा राखे । ‘सबै कुराको तारतम्य मिलायौँ भने अगामी दिनमा देशको नेतृत्व जसपाले गर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि सबै एकीकृत हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते